हेटौंडा–१६ मा एमालेको प्रशिक्षण कार्यक्रम

पालिका डायरी
२८ चैत्र २०७९
हेटौंडा–१६ मा एमालेको प्रशिक्षण कार्यक्रम

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ मा नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम गरिएको छ । पार्टी वडा कमिटीको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् गर्दै नेकपा एमालेका पोलिट्व्युरो सदस्य पार्बत गुरुङले यो अभियान एमालेका लागि धेरै उपलब्धी मुलक भएको बताउनुभयो ।

व्यवस्था परिवर्तनको कार्यभार पूरा भईसकेकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरणको लागि सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण आवश्यक रहेको र अभियानको नेतृत्व नेकपा एमालेले गरिरहेको उहाँले बताउनु भयो । राजनीतिमा जनताको गुम्दै गएको विश्वासलाई जगाउन नेकपा एमालेका हरेक कार्यकर्ताहरू क्रियाशिल हुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठले एमाले पार्टीलेनै जनताको भावना अनुसार काम गर्ने बताउनुभयो । अहिलेको गठवन्धन सरकारले आम जनताको भन्दा पनि आफ्नो स्वार्थका लागि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहालले एमालेले चलाएको मिसन ग्रासरुढ अभियान अन्तरगतको कार्यक्रम धेरै महत्वपूर्ण र फलदायी भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सदस्इ कमल विष्ट, एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
340774801_960638748708207_3837960731888231445_n-1536×727