रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाई

पालिका डायरी
२१ चैत्र २०७९, ०९:५७
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज मंगलवार प्रारम्भिक सुनवाई हुने भएको छ ।

नागरिकता दुरुपयोग गरी नेपाली राहदानी लिएको मुद्दा नचल्ने भन्दै महान्यायधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध युवराज सफलले सर्वोच्चमा सोमवार रिट निवदेन दर्ता गएका थिए । सोही निवदेनमा आज प्रारम्भिक सुनुवाई हुनेछ । निवदेनमा रविविरुद्ध मुद्दा चलाई कारवाही गरिनु पर्ने उल्लेख छ ।

अमेरिकी नागरिक रहेकै बेला नेपाली नागरिकता दुरुपयोग राहदानी लिएको भन्दै लामिछानेविरुद्ध प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर, वकिल कार्यालयले उनी विरुद्ध मुद्या नचल्ने निर्णय गरेको थियो ।

त्यसलगतै जिल्ला सरकारी वकिल कार्यालयको निर्णय विरुद्ध उच्च सरकारी वलिकको कार्यालय पाटनमा निवेदन परेका थियो । तर, पाटनले पनि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेका छन् । उनी अहिले चुनावी प्रचार–प्रसारमा छन् । नागिरकतामा त्रुटि प्रमाणित गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा अहिले उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया