बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय

पालिका डायरी
१९ चैत्र २०७९
बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता जमाजवादी पार्टी (जसपा)लाई सघाउने निर्णय गरेको छ ।

कांग्रेस मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा हुने उपचुनावमा जसपालाई सघाउने निर्णय गरेको हो।

बारा २ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने लगभग निश्चित छ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउँदैछ । त्यस्तै, सत्ता साझेदार लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने चर्चा छ । एमालेले आज उम्मेदवार तय गर्दैछ ।

प्रतिक्रिया