देशी विदेशी सबै शक्ति मिलेर एमालेको योजना जनता माझ जान दिएन : बर्तौला

पालिका डायरी
१७ चैत्र २०७९, २१:३९

हेटौंडा / नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव  तथा  प्रतिनिधि सभा  सदस्य  महेस कुमार बर्तौलाले बर्तमान सरकारको योजनानै एमालेलाई पछाडी पार्ने निति भएकोले गठबन्धनको सरकार बाट जनताले अरु केहि आशा गर्न नपर्ने धारणा व्यक्त गरे । उनले गणितीय हिसाबले काङ्ग्रेस भन्दा १० सिटले मात्र कमि भएको नेकपा एमालेलाई झिना मसिना देशी विदेशी सबै शक्ति लागेर एमालेको नीति र बिधिलाई जनता माझ जान नदिएको आरोप लगाए ।

नेकपा एमालेको संसदिय दलको सचेतक सम्म रहेका बर्तौलाले आज  नेपाल कम्युनिस्ट पार्टी एमालेले भीमफेदी गाउँपालिका कमिटिले आयोजना गरेको  मिसन ग्रासरुट अन्तर्गत  पार्टीको  प्रशिक्षण तथा जनप्रतिनिधि सङ्गको बैठकमा सो कुरा बताएका हुन ।

बर्तौलाले बर्तमान सरकारले सभामुखको अधिकार समेत कुन्ठित गर्न खोजेको आरोप लगाए उनले अहिले किसानलाई युरिया मलको चरम अभाव भएको  बेला किसानको समस्यालाई  एकातिर लत्यायर बर्तमान सरकार  कुर्सिको लागि लुछाचुडी गरिरहेको पनि आरोप लगाए ।

बर्तौलाले  बर्तमान सरकारले  युरिया मलमा दिइदै आएको अनुदान कटाए पछि आफुले संसदमा कडा बिरोध जनाए पछि आफुले गरेको निर्णय आफै फिर्ता लिन गठबन्धन सरकार  बाध्य  भएको  जानकारी गराए ।  प्रशिक्षण कार्यक्रममा बोल्दै बर्तौलाले  गएको संघ  र प्रदेशको चुनावमा नेपालको सबै शक्ति एक हुदा पनि समानुपातिक मत एमालेको सबै भन्दा धेरै भएकोले कार्यकर्तालाई कति पनि बिचल्लित नहुन आग्रह गरे। उनले सबै पार्टी  एकातिर एमाले एक्लै एकातिर भएकोले प्रत्यक्षमा केही सिट कम भएको हो उनले भने । यदि एक्ला एक्लै चुनाव लडेको भए नेकपा एमाले अहिले पनि बहुमत सहित ठूलो पार्टी हुन्थ्यो भन्दै कार्यकर्तालाई  आश्वासन  दिए । उनले कार्यकर्तालाई आ आफ्नो जिम्मेवारी इमानदारीताका साथ  पुरा गर्न पनि   आग्रह गरे ।

नेकपा एमाले अहिले प्रमुख  प्रतिपक्षमा छ संसदमा प्रतिपक्षको ठुलो भुमिका हुने भएकोले  काङ्ग्रेस  र माओवादीको देशद्रोही योजना कुनै पनि हालतमा पास गर्न नदिने जिकिर गरे ।

प्रशिक्षण कार्यक्रमा नेकपा एमाले केन्द्रिय कमिटिको सदस्य बालिका गिरि प्रदेश कमिटिका सदस्यहरु नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको उपसचिव तथा भीमफेदी गाउँपलिकाको अध्यक्ष  हिदम लामा लगाएत नेकपा एमाले भीमफेदी  गाउँपालिकाको नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया