प्रहरी भ्यानको ठक्करबाट २ जना घाइते भएपछि हेटौंडामा तनाव

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरीको भ्यानले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ।
बुधबार साँझ बुद्धचोकमा प्रहरीको भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो।
हेटौंडाबाट नारायणगढतर्फ गैरहेको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रहरीको भ्यानले ठक्कर दिएको प्रत्यक्षदर्शी क्षितिज दाहालले बताए।
मोटरसाइकलमा सवार दुईजना घाइतेको अवस्था गम्भीर रहेको छ। घाइते एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ भने अर्कालाई हेटौंडाकै मोडर्न अस्पताल लगिएको छ।
प्रहरीले नै सर्वसाधारणमाथि खेलवाड गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्।
अवस्था तनावपूर्ण भएपछि हेटौँडामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया