बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय

पालिका डायरी
१५ चैत्र २०७९, २०:२८
बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय

बागमती प्रदेश सरकारले न्वागी र लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। यस्तै, प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ नियुक्त भएका छन्।

यसअघि पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। थपलिया सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यस्तै, आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राडा नरविक्रम थापालाई नियुक्त गरेको छ।

२०८० वैशाख १ गतेबाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिर लागू गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया