बकैयाको हात्तिसुढेमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते

पालिका डायरी
१४ चैत्र २०७९, ११:२८
accident

हेटौंडा / मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–३ हात्तिसुढेमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् ।

आज बिहान हात्तिसुडे स्थित हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट जुरेली तर्फ आउदै गरेको प्रदेश २ को ०३ ००१ त ३१७२ नम्बरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना हुदा दुइ जना घाइते भएका हुन् ।

दुर्घटनामा ट्याक्टर चालक बकैया ४ जुरेली बस्ने २० वर्षिय बिजय तामाङ र सोही ठाउँका ३९ वर्षिय नवराज स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया