चैते दसैँको अवसरमा सार्वजनिक विदा

पालिका डायरी
१३ चैत्र २०७९, ११:३७
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत्र १५ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत्र १८ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिने जनाएको छ ।

सो विदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया
sarbajanik bida