ईन्द्रसरोवरकी सुमिनाले आफ्नै शरिरमा आगो लगाईन्

पालिका डायरी
१२ चैत्र २०७९

हेटौंडा  / ईन्द्रसरोवरकी एक महिलाले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेकी छिन् ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले घरयासी बिबादको कारण आफ्नै शरिरमा आगो लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनले घरमा राखिएको एक बोटल डिजेल आफ्नो शरिरमा खनाएर आगो लगाएको प्रहरीको भनाई छ । घाईतेलाइ उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौ तर्फ पठाएको छ ।

प्रतिक्रिया
aago-lagaudai