चैते दशैको नवरात्रमा विषेश पुजा गरि पाथीभरा महोत्सव सम्पन्न गरिने

हेटौंडा / हेटौंडा उपमहानगरपालीका वडा नं १ मा अवस्थीत पाथीभरा मन्दिरमा यही चैत्र १ गते देखी पाथीभरा महोत्सव तथा महायज्ञ सुरु भैरहेको छ।
धर्म संगै पर्यटन भन्ने मुल नारका साथमा आन्तरीक पर्यटन प्रर्वधन गर्ने उदेश्यले हरेक बर्ष चैते दशैको नवरात्रमा विषेश पुजा आराधना गरि पाथीभरा महोत्सव सम्पन्न गर्ने गरेको पाथीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताए। देशका चर्चीत शक्तीपिठहरु मध्य पाथीभरा भगवती माताको मन्दिरमा नेपाल तथा भारतका विभीन्न स्थानबाट दर्शन गर्न दर्शनार्थी आउने गरेकाछन।
वि सं २०६७ सालमा ताप्लेजुङको पाथीभरा मन्दिरबाट लेराइयको १ थान सिला र १ थान त्रीसुलबाट पाथीभरा मन्दिरका मुल पिठाधिस गुरु देविदासले स्थापना गर्नुभयको हो। वडादशै र चैते दशै मा विशेष पुजा संगै भक्तजन हरुको घुइँचो लाग्ने गर्दछ। यस वर्ष चैत्र १५ गते परेको नवरात्रको अस्टमी तिथीमा विशेष पुजाको आयोजना हुने र विभिन्न झाँकीहरु प्रस्तुत हुने मन्दिर व्यवस्थापन समितिका सचिव शालीकराम पुडासैनीले बताउनुभयो। हेटौंडा बजारको बुद्धचोक बाट करिब २ किलोमिटरको दुरीमा रहेको मन्दिर परिसरबाट हेटौंडा बजारको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ।
