घेराबन्दीलाई एकजुट भएर सामना गराै: एमाले नेता अधिकारी
हेटौंडा / नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीकाे घेराबन्दीमा रहेकाेले कार्यकर्ता पंक्ति एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताउनु भयाे ।
नेकपा एमाले, मकवानपुरकाे पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान-२०७९ काे समीक्षा बैठकमा उहाँले बलियाे संगठन र जनताकाे समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताकाे हितमा दृढ भएर नेकपा एमाले उभिने बताउनु भयाे । अबकाे हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलाे र बहुमतमा आउनकाे लागि अभियान सञ्चालन गरेकाे प्रष्ट पार्नुभयाे ।
अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेकाे, पार्टीकाे जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनकाे जिल्ला कमिटीकाे वैठक बस्ने, अभियानसम्बन्धि याेजना बनाउने, अवधि पुगेका कमिटीकाे अधिवेशन र पुन:गठन भईरहेकाे, पार्टी सदस्यता नवीकरण , नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेकाे, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविराेधहरू न्यूनीकरण भएकाे, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचकाे सम्बन्ध सुदृढ भएकाे, पार्टी संगठनलाई बलियाे र व्यवस्थित बनाउन बल पुगेकाे बैठकले निष्कर्ष निकालेकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयाे ।
पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२०७९ बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली(मनहरी, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका), पार्वत गुरूङ्ग (हेटाैँडा उपमहानगरपालिका), खेम लाेहानी(ईन्द्रसराेवर र थाहा), बालिका गिरी (गढी र भीमफेदी), कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपाेर्टिङ्ग जिल्ला सचिव सिग्देलले बताउनु भयाे । जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठकाे सभाध्यक्षतामा बसेकाे बैठकमा केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेलगायतकाे उपस्थिति रहेकाे थियाे ।