सामाजिक अभियानकाे लागि सञ्जाल परिचालन हुने

पालिका डायरी
११ चैत्र २०७९, १०:५४

हेटौंडा  /  विभिन्न १८ वटा गैरसरकारी संस्थाहरूकाे प्रतिनिधिहरूकाे भेलाले सामाजिक अभियान सञ्जाल हेटाैँडा ४ गठन गरिएकाे छ । संस्थाहरूकाे भेलाले अध्यक्ष माया लामा, सचिव जेराेम घले र काेषाध्यक्ष कमला सुवेदी रहनु भएकाे १५ सदस्यीय सञ्जाल गठन गरेकाे हाे ।

सञ्जालकाे संरक्षक ४ नं . वडा अध्यक्ष नवीन सिग्देल, सल्लाहकारमा आरती पाठक, सरस्वती वर्ताैला र किरण थापा रहनु भएकाे छ ।अध्यक्ष माया लामाकाे अध्यक्षता तथा सञ्जालका संरक्षक नवीन सिग्देलकाे उपस्थितिमा शुक्रबार बसेकाे प्रथम बैठकले लैङ्गीक हिंसा, लागूऔषत, एचआईभी, सामाजिक मनाेविज्ञानकाे कारण देखिएकाे समस्या(आत्महत्या), साईबर क्राईमकाे विरूद्व अभियान चलाउने र वडामा सरसफाई अभियानलाई प्रमुखता दिईने निर्णय गरेकाे छ ।

सञ्जाल गठन गर्नुकाे उदेश्य समुदायकाे परिचालनद्वारा समाजमा देखिएका समस्याहरू न्यूनीकरण गर्नुरहेकाे हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । उहाँले भाैतिक विकासले मात्र मानवीय विकास सम्भव नभएकाेले सामाजिक विकासकाे लागि समाजमा देखिएका विभेद, अन्धविश्वास, हिंसा, विकृति विसंगती अन्त्यसंगै शिक्षा, स्वास्थ्य, वातावरण र राेजगारीकाे सृजनालाई प्राथमिकता दिईने बताउनु भयाे ।

वडामा रहेका विभिन्न  संस्थाहरू टाेल विकास संस्था, आमा समूह, महिला जागरण समूह, युवा क्लब, बाल क्लब, जेष्ठ नागरिक समिति, एकल महिला समिति, विध्यालय व्यवस्थापन समिति तथा सहकारीहरूकाे समन्वयात्मक  परिचालनद्वारा सामाजिक अभियान सञ्चालन गरिने वडा अध्यक्ष नवीन सिग्देलकाे भनाई रहेकाे छ ।

प्रतिक्रिया