प्रचण्ड पद प्राप्तीका लागि बिचलित भए : गोकर्ण बिष्ट

पालिका डायरी
४ चैत्र २०७९, १०:३५
प्रचण्ड पद प्राप्तीका लागि बिचलित भए : गोकर्ण बिष्ट

हेटौंडा / नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तीका लागि बिचलन देखिएको बताएका छन्। ग्रासरुट अभियानलाई सम्बोधन गर्न शनिबार हेटौंडा आइपुगेका बिष्टले पत्रकारहरुसँग यस्तो बताएका हुन्।

‘प्रचण्डमा पद प्राप्ती वा पद जोगाउनका लागि जुन प्रकारको अवसरवाद देखा परेको छ। यो अवसरवाद राष्ट्रको सम्बृद्धी र जनताको जीवन रुपान्तणको लागि नेपालको राजनीतिमा एकप्रकारको कालो बादलको रुपमा देखा परेको छ। एकै शब्दमा भन्ने हो भने देशको प्रगतीको बाधक बनेको छ,’ बिष्टले भने।

सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको बताए। यो आवश्यकतालाई भविष्यको दिनहरुले थप परिणाममुखी बनाउनेमा एमालेकै हात रहने उनले बताए।

 

प्रतिक्रिया