तीन मन्त्रालयमा नेकपा एसको दावी रहन्छ : राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीको संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले तीनवटा मन्त्रालयमा आफ्नो पार्टीको दावी रहने बताएका छन् ।
संसद् भवन अगाडि पत्रकारसँग कुरा गर्दै पाण्डेले अब रोज्ने पालो आफ्नो पार्टीको रहेको र स्वभाविक रुपमा तीन मन्त्रालयमा दावी रहने बताएका हुन् ।
पाण्डेले भने,‘कांग्रेसले राष्ट्रपति,जसपाले उपराष्ट्रपति,माओवादी केन्द्रले प्रधानमन्त्री प्राप्त गरेपछि हामी गठबन्धन भित्रको चौथो शक्ति भएका कारण दावी गरेका हौं । तीन मन्त्रालय नघट्ने गरी हाम्रो दावी रहन्छ । एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’
नेकपा एसले अर्थसहित तीन मन्त्रालय दावी गर्दै आएको छ।
प्रतिक्रिया