स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

पालिका डायरी
३ चैत्र २०७९, १३:२८
accident

स्कुलको बसको ठक्करबाट बाराको कलैयामा शुक्रबार ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले बालक साहको टाउकोमा किचेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया