मनहरीमा बस दुर्घटना, १४ जना घाइते

पालिका डायरी
२ चैत्र २०७९
मकवानपुरमा बस दुर्घटना, १४ जना घाइते

हेटौंडा / मनहरीमा यात्रुबाहक बस दुर्घटना भएको छ।  मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

आज दिउँसो ३ः४५ बजे काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया