मुख्यमन्त्री जम्मकट्टेलले आउँदो ८ गते विश्वासको मत लिने

पालिका डायरी
२ चैत्र २०७९, १४:३०
बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदको समर्थन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आउँदो ८ गते बुधबार विश्वासको मत लिने भएका छन्।

राप्रपाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफूले विश्वासको मत लिने बताइरहेका मुख्यमन्त्री जम्मकट्टेलले बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका उनलाई प्रदेशसभामा रहेका ७ दलमध्ये ६ वटाले विश्वासको मत दिएका थिए। नेमकिपाबाहेक कांग्रेस, एमाले, माओवादी केन्द्र , राप्रपा, हाम्रो नेपाली पाटी र एकीकृत समाजवादीका १०५ प्रदेश सांसदले जम्मकट्टेललाई विश्वासको मत दिएका थिए।

प्रतिक्रिया