मकवानपुरको विकट गाउँमा मोबाइल नटिप्ने समस्या लिएर टेलिकम पुगे सांसद बर्तौला

पालिका डायरी
१ चैत्र २०७९
हेटौंडा । मकवानपुरका बिकट गाउँमा मोवाइल नटिप्ने समस्य लिएर संघीय सांसद तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौला नेपाल टेलिकमको कार्यलय हेटौंडामा पुग्नु भएको छ । जिल्लाको क्षेत्र नम्बर–२ का बिभीन्न गाउँहरुमा मोवाइलको नेटवर्क नटिप्ने समस्या लिएर क्षेत्र नम्बर–२ बाट प्रतिनिधीसभामा प्रतिनिधीत्व गर्ने सांसद बर्तौला टेलिकमको कार्यालयमा पुग्नु भएको हो । टेलिकमको मोवाइलमा नेटवर्क नटिप्ने समस्या मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ ओखरेबोखरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ को कुवापानी, शेरशेर, शिरानचोक, मनहरी गाउँपालिकाको माथिल्लो ज्यामिरे, लोथर, कैलाश गाउँपालिकाको गोगने, डाँडाखर्क, ठोस्ने, भर्याङकोट, भीमफेदी गाउँपालिका वडा नम्बर–६ धोर्शिङडाँडाघारी क्षेत्र, भीमफेदीकै इचुङ, इन्द्रसरोवर गाउँपालिकाको शिलिकोट, थाहा नगरपालिकाको वडा नम्बर–१२ टिष्टुङ लगायतका क्षेत्रमा छ । यो समस्या अहिले देखिको नभइकन वर्षौ देखिको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नका लागि सांसद बर्तौलाले नेपाल टेलिकम हेटौंडाका निमित्त कार्यालय प्रमुख रविन्द्र थापालाई निर्देशन दिनुभयो । मोवाइलको टावर नटिप्ने समस्या भएका क्षेत्रमा पहिले स्थलगत निरिक्षण गरेर सर्बे गर्न उहाँले निर्देशन दिनुभयो । विकट गाउँका नागरिकले कोही बरामी परिहालेमा फोन गर्नका लागि अर्को गाउँमा पुग्नुपर्ने, डाँडा चढ्नुपर्ने लगायतका समस्याहरु रहेकाले यो समस्या सधैका लागि अन्त्य गर्न आग्रह गर्नुभयो । स्थानीयले फोन गर्न पनि नपाउने समस्या रहेकाले यो समस्या समाधान गर्न आफुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पनि सहजीकरण गर्ने वताउनुभयो । टेलिकम हेटौंडाका निमित्त प्रमुख थापाले पनि अहिले भइरहेको समस्या समाधान गर्न आफुहरु लाग्ने वताउनुभयो । बर्तौलासंगै टेलिकमको कार्यलय हेटौंडामा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाँई, हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

हेटौंडा / मकवानपुरकाे विकट गाउँमा मोबाइल नटिप्ने समस्या लिएर संघीय सांसद तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौला नेपाल टेलिकमको कार्यलय हेटौंडामा पुगेका छन् । जिल्लाको क्षेत्र नम्बर–२ का बिभीन्न गाउँहरुमा मोवाइलको नेटवर्क नटिप्ने समस्या लिएर क्षेत्र नम्बर–२ बाट प्रतिनिधीसभामा प्रतिनिधीत्व गर्ने सांसद बर्तौला टेलिकमको कार्यालयमा पुग्नु भएको हो ।

टेलिकमको मोवाइलमा नेटवर्क नटिप्ने समस्या मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ ओखरेबोखरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ को कुवापानी, शेरशेर, शिरानचोक, मनहरी गाउँपालिकाको माथिल्लो ज्यामिरे, लोथर, कैलाश गाउँपालिकाको गोगने, डाँडाखर्क, ठोस्ने, भर्याङकोट, भीमफेदी गाउँपालिका वडा नम्बर–६ धोर्शिङडाँडाघारी क्षेत्र, भीमफेदीकै इचुङ, इन्द्रसरोवर गाउँपालिकाको शिलिकोट, थाहा नगरपालिकाको वडा नम्बर–१२ टिष्टुङ लगायतका क्षेत्रमा छ ।

यो समस्या अहिले देखिको नभइकन वर्षौ देखिको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नका लागि सांसद बर्तौलाले नेपाल टेलिकम हेटौंडाका निमित्त कार्यालय प्रमुख रविन्द्र थापालाई निर्देशन दिनुभयो ।

मोवाइलको टावर नटिप्ने समस्या भएका क्षेत्रमा पहिले स्थलगत निरिक्षण गरेर सर्बे गर्न उहाँले निर्देशन दिनुभयो । विकट गाउँका नागरिकले कोही बरामी परिहालेमा फोन गर्नका लागि अर्को गाउँमा पुग्नुपर्ने, डाँडा चढ्नुपर्ने लगायतका समस्याहरु रहेकाले यो समस्या सधैका लागि अन्त्य गर्न आग्रह गर्नुभयो ।

स्थानीयले फोन गर्न पनि नपाउने समस्या रहेकाले यो समस्या समाधान गर्न आफुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पनि सहजीकरण गर्ने वताउनुभयो । टेलिकम हेटौंडाका निमित्त प्रमुख थापाले पनि अहिले भइरहेको समस्या समाधान गर्न आफुहरु लाग्ने वताउनुभयो । बर्तौलासंगै टेलिकमको कार्यलय हेटौंडामा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाँई, हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया