उपराष्ट्रपति उम्मेदवार रामसहाय माधव निवासमा

पालिका डायरी
२९ फाल्गुन २०७९
उपराष्ट्रपति उम्मेदवार रामसहाय माधव निवासमा

सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।

अध्यक्ष नेपाल निवास कोटेश्वरमै पुगेर यादवले भोट मागेको नेता प्रदीप यादवले बताए ।

भेटमा अध्यक्ष नेपालले भोट दिने र पुर्णरूपले सहयोग गर्नै प्रतिबद्धता जनाएको उनले बताए । उपराष्ट्रपतिमा जसपाले यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् । तर, प्रमिलाको उम्मेदवारी निष्क्रिय राख्ने जसपाको तयारी छ । सत्ता गठबन्धनबाटै जनमतकी ममता झाको पनि उम्मेदवारी परेको छ ।

एमालेबाट अष्टलक्ष्मी शाक्य पनि प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया