पालुङको पाथीभरामा आज जलधारा पूजा लागाईदै

थाहा नगर / थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा लक्ष्मीश्वोरी मन्दिरमा यहि फागुन २९ गते सोमबार जलधारा पूजा लगाइने भएको छ ।
लामो खडेरी गएको अवस्थामा जलधारा पूजा लगाएपछि बर्षा हुने जनबिश्वास रहेकोले प्रत्येक बर्ष पूजा लगाइने पाथीभरा संरक्षण समितिका अध्यक्ष माधब कार्कीले बताउनुभयो ।
पूजाकै अवसरमा मन्दिर प्रांगणमा राखिएको ६० किलो बराबरको त्रिशुल र ९० किलो बराबरको घण्टीको प्राण प्रतिष्ठा सहित पूजा गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।
सोहि अवसरमा मन्दिरको बिकासमा सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिने कार्यक्रम रहेको संरक्षण समितिले बताएको छ ।
समितिले पूजामा उपस्थित भैइ सहभागीताको लागि सबै भक्तजनहरुलाई लागि अनुराेध गरेको छ ।
पाथिभरा क्षेत्रमा आबस्थित लक्ष्मीश्वोरी मन्दिरमा प्रत्येक बर्षकाे लक्ष्मी पूजाकाे दिन र साउन महिनाको सोमबारमा भब्य मेला लाग्ने गर्दछ ।
समितिले पुरातात्त्विक बिषय अध्ययन गरि यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यकाे रुपमा परिणत गर्न बिबिध गतिबिधिहरु गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।