सत्ता स्वार्थको बलमा पुरुष मात्रै हुनुपर्छ भन्नु महिला अधिकारमाथिकै जालसाजी: महेश बर्तौला

पालिका डायरी
२८ फाल्गुन २०७९, १४:२६
सुकुम्बासी समस्याको समाधान मेरो मुख्य प्राथमिकता : बर्तौला

उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादवकाे उम्मेदवारी कायम राख्न निर्वाचन आयोगले अनुमति दिएपछि उजुरीकर्ता
नेकपा एमालेका महेश बर्तौलाले जालसाजी भएको आरोप लगाएका छन्।

आयोगले आइतबार उनको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएको हो। सोही आदेशको खण्डन गर्दै उजुरीकर्ता बर्तौलाले एक विज्ञप्ती जारी गर्दै सत्ता स्वार्थको बलमा पुरुष मात्रै हुनुपर्छ भन्नु र यसलाई आयोगले स्थापति गर्न खोज्नु महिला अधिकारमाथि कै जालसाजी भएको बताएका छन्।

एमालेबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका तर्फबाट एमाले नेता बर्तौलाले शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दर्ता गरेका थिए।

रामसहाय प्रसाद यादवले आज बिहान उपराष्ट्रपति निर्वाचनका उम्मेदवार यादवले सफाइ पेश गरेका थिए। सफाइमा उनले आफ्नाे उम्मेदवारी संविधान र कानुनसम्मत भएकाे जनाएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले नेता यादवविरुद्धकाे उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय गरेकाे हाे।

प्रतिक्रिया