२७ प्रतिशत बढ्यो रेमिटेन्स, १३ खर्ब ८३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

पालिका डायरी
२८ फाल्गुन २०७९, १३:४३
२७ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि मागसम्म) मा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीले यस्तो देखाएको हो।

गत वर्षको मागसम्ममा पाँच खर्ब ४२ अर्ब बराबर रेमिटेन्स भित्रिएकोमा यसपटक ६ खर्ब ८९ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो।

त्यस्तै, मुलुकमा पर्यटकहरूको आगमनमा समेत वृद्धि भएपछि उनीहरूबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ। पर्यटनबाट भएको आम्दानी १५ अर्ब रूपैयाँबाट ३२ अर्ब रूपैयाँ पुगेको हो।

मुलुकको विदेशी मुद्राको स्रोतको रुपमा रहेको प्रत्यक्ष वैदेशीक लगानीमा भने ९३ प्रतिशतको गिरावट देखिएको छ।  गत वर्ष १६ अर्ब ५४ करोड प्रत्यक्ष वैदेशीक लगानी भित्रिएकोमा यो वर्ष दुई अर्ब ८४ करोड मात्रै भित्रिएको छ।

एक अर्ब ८० करोड रूपैयाँ भने लाभांशसहित लगानी फिर्ता भएको छ। खुद प्रत्यक्ष वैदेशीक लगानी मात्रै एक अर्ब तीन करोड  छ।

विदेशी मुद्रा आम्दानीका विभिन्न स्रोतहरूमा सुधार भएसँगै मुलुकको विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भएको छ।

कुल विदेशी विनिमय सञ्चिति गत कात्तिकमा १२ खर्ब ४६ अर्ब रूपैयाँ रहेकोमा मागमा बढेर १३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। अमेरिकी मुद्रामा समेत यस्तो सञ्चिति केही बढेको छ।

९ अर्ब २६ करोड डलरबाट यसमा वृद्धि भएर १० अर्ब ५० करोड पुगेको छ। यस्तो सञ्चितिले नौं महिना १२ दिनको बस्तु तथा सेवाको आयात धान्ने अवस्था छ। कात्तिकमा यस्तो सञ्चितिले आठ महिना १२ दिनको बस्तु तथा आयात धान्न सक्ने अवस्था थियो।

विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा भएको वृद्धि, आयातमा भएको कटौतीले मुलुकको आम्दानी र खर्च बीचको सन्तुलन (भुक्तानी सन्तुलन वा शोधानान्तर) बचतमा वृद्धि भइरहेको छ।

मागमा शोधानान्तर एक खर्ब ३३ अर्ब रूपैयाँ बचतमा छ। आयातमा भने गत वर्षको तुलनामा १९.९ प्रतिशतले कमि आएर नौं खर्ब १९ अर्बमा सीमित भएको छ।

तर, विदेशी मुद्रा आर्जनको स्रोत निर्यात पनि २९ प्रतिशतले घटेर ९३ अर्बमा सीमित भएको छ।

प्रतिक्रिया