हेटौंडामा भएका दुइ वटा दुर्घटनामा छ जना घाइते

पालिका डायरी
२८ फाल्गुन २०७९
accident

हेटौंडा / हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका दुइ वटा दुर्घटनामा छ जना घाइते भएका छन् । आज बिहान भएका दुर्घटनामा छ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडा–१९ बस्तिपुरमा मनहरीतर्फबाट हेटौडातर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६९३० नम्बरको ट्रेलर गाडीलाई सोही दिशाबाट जादै गरेको प्रदेश २–०३–००१ ख ७२५१ नम्बरको बसले ठक्कर दिंदा बसमा सवार मध्ये ५ जना घाइते भएका हुन् । घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौडा पठाएका मध्य ४ जना डिस्चार्ज भएका छन् । एक जनालाई भने भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौंडा–१३ बानियाँ चोकबाट बुद्धचोक तर्फ जादै गरेको ना १ ह ४७९७ नम्बरको अटोले पैदल यात्री स्थानीय बानियाचोक बस्ने बर्ष ७० को भिमलाल मोक्तानलाई हिडिरहेको अवस्थमा ठक्कर दिंदा घाईते भएका हुन् । उनको हेटौंडा उस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया