उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने एमालेको निर्णय

पालिका डायरी
२७ फाल्गुन २०७९, १२:०२
बागमतीकी मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

नेकपा एमालेले उपराष्ट्रपति पदमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाइ उठाउने भएको छ। आज बसेको एमाले सचिवालयको बैठकले सो निर्णय गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार उपराष्ट्रपतिको उम्मेदवार चयनबारे निर्णय गर्न ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आज सचिवालय बैठक बसेको थियो।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। एमालेले राष्ट्रपतिमा पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो। तर उनी नौदलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग हारे। पौडेल मुलुकको नयाँ राष्ट्रपति बनिसकेका छन्।

प्रतिक्रिया