हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया

पालिका डायरी
२६ फाल्गुन २०७९, १४:२५
हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया

हेटौंडा / हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कोशिश संस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर साखाको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्यका समस्या र यसमा मिडियाको भूमिकाका विषयमा प्रस्तुतीकरण गरिएको थियो । अहिले मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै गएको र अबका दिनहरुमा यसलाई न्यूनीकरणका लागि सबै पक्षबाट उत्तिकै जोड दिनुपर्ने कार्यक्रममा सहभागिहरुले वताएका छन् ।

कार्यक्रममा कोशिशका कार्यक्रम संयोजक थम कुमारी कुबर, डब्लुएचओका डाक्टर अनुप बिसी, मनोबिद संगिता खड्का लगायतकाले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । उहाँहरुले अहिले मनोसामाजिक स्वास्थ्य समस्या, मिडियाले यस विषयमा लेखेका समाचार र यसमा रहेका बिधमान कानूनका विषयमा सहजीकरण गर्नुभयो । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया
332943002_613286030629925_5649794923733385929_n-1536×866