सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढ्यो, चाँदी स्थिर

पालिका डायरी
२६ फाल्गुन २०७९, ११:२५
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनचाँदी बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेको छ । बिहीबार ५ सय रूपैयाँ घटेको सुनको मूल्य आज ८ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार एक लाख एकहजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय रूपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य एक हजार २२० रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया