सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पालिका डायरी
२५ फाल्गुन २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन एक लाख एक हजार ५ सय, तेजावी सुन एक लाख एक हजार र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य