नेप्सेमा ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत

पालिका डायरी
२५ फाल्गुन २०७९, ११:५९
आज शेयर बजार बन्द !

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको सेयर सूचीकृत भएकाे छ । आज हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएकाे हो।

स्टकका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको नामबाट ७ करोड ६५ लाख ०३ हजार ९ सय १८ दशमलव ४९ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

याे सँगै अब सिभिल बैंकका सेयरधनीहरूको सेयर हिमालयन बैंकको नामबाट खातामा देखिनेछ । हिमालयनले सिभिल बैंकलाई १:०.८०२८ को स्वाप अनुपातमा प्राप्ति गरेको हो।

प्रतिक्रिया