हेटौंडा-१७ को कठाएत चोकमा सवारी दुर्घटनाः १ को मृत्यु, ३ घाइते

पालिका डायरी
२४ फाल्गुन २०७९
accident

हेटौंडा / मकवानपुरको हेटौंडा-१७ हटियाको कठाएत चोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बुधबार बिहान ११ः०५ बजे हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकलको पछाडी सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, दुर्घटनामा घाइते स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की अन्दाजी २८ वर्षीया जीना लामा र बागमती-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

प्रतिक्रिया