नारायणी किनारमा महिलाको शव भेटियो

नारायणी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर १५ स्थित बाघखोर गाउँदेखि केही तल नदी किनारमा अन्दाजी ४५ वर्षीया एक महिलाको शव भेटिएको हो ।
महिलाको शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । शव धेरै दिन पुरानो भएका कारण सडेको स्थानीयहरू बताउँछन् ।
जसकारण शव पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ । साथै घटनाबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया