निरन्तर बिक्री घटेपछि फेरी मूल्य घटाउने तयारीमा टेस्ला

पालिका डायरी
२३ फाल्गुन २०७९, ११:४९

विद्युतीय कार उत्पादक टेस्लाले बिक्री बढाउने लक्ष्यसहित पुनः मूल्य घटाएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार अमेरिका र बेलायती बजारलाई लक्षित गरेर टेस्लाले फेरी मूल्य घटाएको हो । यसअघि पनि टेस्लाले बजारमा प्रतिस्पर्धाका लागि निरन्तर मूल्य घटाइरहेको थियो ।

यतिबेला टेस्लाको बिक्री निरन्तर घट्दो अवस्थामा रहेकाले एक प्रकारको बजार मन्दीसँग जुधिरहेको छ । सन् २०२२ को तुलनामा कम्पनीको बिक्री ५० प्रतिशतले बढाउने लक्ष्य गुमाएको थियो ।

निरन्तर बजारको माग घटिरहेको समयमा कम्पनीका मालिक एलन मस्क मूल्य घटेपछि बिक्री बढ्नेमा आशावादी देखिन्छन् । ‘टेस्ला किन्न चाहने मानिसहरुको संख्या उच्च छ । यसअघि मस्कले जनवरी महिनामै २०२३ भर मन्दीका कारण कम्पनीको बिक्रीमा ठुलो गिरावट आउने चेतावनी दिइसकेका थिए ।

कम्पनीले अमेरिकामा ४ देखि ९ प्रतिशतसम्म मूल्य घटाउने योजना बनाएको छ । यो योजना अन्तर्गत मोडल एस, सर्पोट कार र मोडल एक्स लगायत सामेल छन् । यस्तै, युरोपमा मोडल वाई लगायतका कारहरूको मूल्य घटाउने तयारी भइरहेको हो ।

यससँगै, यसअघि ६० हजार पाउन्ड पर्ने टेस्लाको सवारीको मूल्य अब ५६ हजार पाउन्ड आसपासमा पाइनेछ । यो ६ प्रतिशतसम्मको मूल्य गिरावट हो ।

प्रतिक्रिया
CHINA-SHANGHAI-TESLA-MADE-IN-CHINA MODEL 3-EXPORT-EUROPE (CN)