एमाले हेटाैँडाकाे सचिवालय बैठक, मिसन उत्साहपूर्वक सञ्चालन हुँदैछ: एमाले नेता गुरूङ्ग

पालिका डायरी
२१ फाल्गुन २०७९

हेटाैँडा / नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियान उत्साहपूर्वक सञ्चालन भईरहेकाे नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङले बताउनु भयाे ।

बैठकहरू सहभागितामूलक भएकाे र कमिटीका सदस्यहरूले खुलेर सुझाव दिनुभएकाेमा धन्यवाद दिँदै उहाँले आज बसेकाे बैठकमा उपमहागरपालिका सचिवालयकाे बैठकमा अभियानलाई रचनात्मक रूपमा सञ्चालन गर्नुपर्ने, मिसन बलियाे संगठन र पहिलाे बहुमतकाे पार्टी निर्माण मूल उदेश्य रहेकाे बताउनु भयाे ।

हेटाैँडा उपमहानगरपालिकाका सबै वडाहरूकाे बैठक बसी पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य वितरण, पार्टी प्रवेशकाे व्यवस्थापन, अवधि पुगेका कमिटीहरूकाे अधिवेशन, निष्क्रिय कमिटीहरू पुनः गठन, सामाजिक संघसंस्थाहरूकाे जनहित अनुकुल परिचालन, जनप्रतिनिधि, पार्टी कार्यकर्ता र जनताबीचमा अन्तरक्रिया, पार्टी र आन्दाेलनमा याेगदान गर्नुहुने व्यक्तित्वहरूकाे सम्मान गर्ने, नयाँ पुस्ताबीचकाे काम प्रभावकारी बनाउने कार्ययाेजना तयार गरिसकेकाे उपमहानगरपालिका कमिटीकाे सचिव बाेलबहादुर कार्कीले जानकारी दिनुभयाे ।

बैठक उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनीकाे  अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गाेपाल श्रेष्ठ, श्याम श्रेष्ठ, सम्राट तुम्बाहाम्फे, जिल्ला कमिटी सचिव नवीन सिग्देललगायत जिल्ला नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
received_1857771311266007