कसैको इच्छा विपरित होली नखेल्न जिप्रका मकवानपुरको आग्रह

पालिका डायरी
२० फाल्गुन २०७९
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ।

होली नजिकिदै गर्दा मकवानपुर प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा द्वारा विज्ञप्तीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न सूचनामा भनिएको छ । कानून विपरितका गतिविधि गरे प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने प्रशासनले जनाइएको छ।

प्रतिक्रिया