सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?
फाईल फोटो
काठमाडौं : साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ। शुक्रवार सुन तोलामा १०० र चाँदी ५ रुपैयाँले घटेको हो।
शुक्रवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा ३०० बढ्दा बिहीवार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। बिहीवार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया