राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा हटायो घन्टी बाहिरको गोलाकार

पालिका डायरी
१७ फाल्गुन २०७९, १३:११
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा हटायो घन्टी बाहिरको गोलाकार

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्हमा घन्टी बाहिरको गोलाकार भाग हटाएको छ।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिन्ह परिवर्तन गरिएको जानकारी दिएका हुन्।

घन्टी चुनाव चिन्ह भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन आयोगमा पत्राचार गरेको थियो। आयोगले रास्वपाको प्रस्ताव फागुन १५ गते स्वीकारेपछि चुनाव चिन्ह फेरिएको हो।

प्रतिक्रिया