आजबाट हेटौंडा हुदै काठमाडौं जान थानकोट र फर्कन् कान्तिलोकपथ प्रयोग गर्नुपर्ने

पालिका डायरी
१ फाल्गुन २०७९, ११:१५

हेटौंडा / आजबाट दुई महिनाका लागि भैंसे-भिमफेदी र हुमाने- फर्पिङ र सिस्नेरी  छैमले, दक्षिणकाली खण्डमा यातायात सेवा बन्द रहने भएको छ।  सडक निर्माणलाई तिव्रता दिन उक्त सडकखण्ड २ महिनाका लागी अवरुद्ध हुने भएको हो।

बागमती प्रदेश सरकार र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्माणलाई तिव्रता दिन र सडकखण्ड निर्माण कार्य छिटो सक्न उक्त सडकखण्ड बन्द गर्ने निर्देशन दिएका थिए।आजबाट हेटौंडा हुदै काठमाडौं जान र हेटौंडा आउन वैकल्पिक  मार्गको व्यवस्था गरिएको छ।अब हेटौंडा हुदै काठमाडौं जान भिमफेदी -कुलेखानी -मार्खु चित्लाङ – थानकोट मार्ग र फर्कन कान्ति लोकपथ प्रयोग गर्नुपर्ने छ।

हेटौंडाबाट काठमाडौ उपत्यका प्रवेश गर्ने सडक हेटौंडा-भिमफेदी-हुमाने- फर्पिङ सडक भैंसे-भिमफेदी खण्ड, हेवी कलंकी-हुमाने खण्ड र हुमाने-फर्पिंग खण्डको सडक र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली खण्डको निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न मुख्यमन्त्रीको पहलमा सरोकारवालाहरुसहित बसेको बैठकले निर्माण कार्यलाई शिघ्र सम्पन्न गर्नेगरि निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया