चिकित्सकको आन्दोलनले अस्पतालको सेवा बन्द हुँदा मर्कामा बिरामी

पालिका डायरी
२९ माघ २०७९, १२:४९
हेटौंडा अस्पतालको सेवा प्रभावित बनाउने र यसलाई तहसनहस बनाउन लागिएको प्रति एमालेको आपत्ति

मकवानपुरको भीमफेदी गाउँपालिका ५ की ३१ बर्षीया सञ्जु लामालाई धेरै दिनदेखि हातगोडा दुख्ने समस्या भएपछि आइतबार जचाउनको लागि हेटौंडा अस्पताल आइपुगिन् ।

अस्पतालको गेटबाटै सुरक्षागार्डले भने, ‘आज अस्पताल बन्द छ । इमर्जेन्सीमा जचाउने भए मात्रै जानु ।’ लामाले किन बन्द होर ? भन्ने प्रश्न गरिसक्दा नसक्दै सुरक्षागार्डले जवाफ फर्काए, ‘आज सबैतिरको अस्पतालको सेवा बन्द छ । त्यहिभएर यहाँ पनि आज ओपिडी, रिर्पोट लिने, देखाउने सबै बन्द छ ।’ सुरक्षागार्डको जवाफ सुनेपछि लामा अलमलमा केहीबेर अस्पताल प्राङ्गणमै बसिरहिन् र अन्त्यमा इर्मजेन्सीमै जचाइन् । किनकी भिमफेदी देखि हेटौंडा सम्म आइरहन दोहोरो खर्च लाग्ने सोचेर इर्मजेन्सीमै जचाउने निर्णय गरिन् ।

त्यसोत, हेटौंडा १७ हटियाका ८ बर्षीय सुलभ श्रेष्ठ रातीदेखि नै पखाला र भमिट भएर लखतरान भएका छन् । उनकी आमा सानुमायाले उपचारको लागि आइतबार बिहानै हेटौंडा अस्पताल ल्याइन् । तर अस्पतालकोसेवा बन्द छ भन्ने खबर सुनेपछि उनलाई के गरौं गरौं भयो । अस्पतालले सेवा बन्द गरेर किन अन्याय गरेको होला भन्दै उनले गुनासो गरिन् । ‘इमर्जेन्सीमा पनि टिकट पाउन मुस्किल रैछ । बल्लतल्ल उपचार भयो, सानुमायाले भनिन् ।’ चिकित्सकहरुको आन्दोलनका कारण बिरामीलाई गाह्रो भएको उनको बुझाइ छ । लामा र श्रेष्ठ जस्तै सयौं बिरामीले आज यस्तै हैरानी भोग्नु परेको छ ।

मकवानपुर र आसपासका जिल्लाहरु बारा, रौतहट विरगंज लगाएतका बिरामीहरुले समेत स्वास्थ्य सेवा लिने एकमात्र थलो हेटौंडा अस्पताल बन्द हुँदा बिरामीहरु हैरानी खेपिरहेका छन् । उनीहरुले ज जस्को आन्दोलन भए पनि जहिलै गाह्रो जनतालाई नै भएको भन्दै आक्रोश पोखेका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभर स्वास्थ्य संस्था बन्द भएका छन् । राष्ट्रपतिको सवारी हुँदा वीर अस्पताल बाहिर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प गरिएको हो ।

प्रतिक्रिया