पालुङ जेसीजको तालिम कार्यक्रम सम्पन्न

पालिका डायरी
२९ माघ २०७९, ०७:४५

थाहानगर / पालुङ जेसीजको आयोजनामा बिभिन्न तालिमहरु सम्पन्न भएको छ ।

शनिबार पालुङ जेसीजको सचिवालय र जेसीज हलमा उक्त तालिम संचालन गरिएको हो ।

जेसीज हलमा नयाँ सदस्यहरु लक्षित गरि प्री इन्डक्सन तालिम र कार्यसमितिका पदाधिकारीहरुलाई ‘लोम अफिसर’ र ‘प्रतिवेदन लेखन’ तालिम सञ्चालन भएको कोषाध्यक्ष माधब कार्कीले जानकारी दिनुभयो ।

प्री इन्डक्सन तालिमको सहजीकरण पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले गर्नुभएको थियो भने लोम अफिसर र प्रतिवेदन लेखन तालिमको सहजीकरण पूर्व अध्यक्ष कुमार नेगीले गर्नु भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष सङ्गम कार्कीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।

तालिम कार्यक्रममा पूर्व अध्यक्ष रामप्रसाद ढकाल, मनोज रायमाझी, नवराज लामा, सहभागीहरु रोशनी गोपाली, अजय कार्की, मान सिं दोङ र अन्जय प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया