सनसाईन स्कुलको २३ औं अभिभावक भेला पहिलो चरणको सम्पन्न, दोस्रो चरणको भोलि हुने

पालिका डायरी
२७ माघ २०७९, २०:२१

हेटौंडा / हेटौंडा–३ स्थित सनसाईन ईङ्गलिस बोर्डिङ्ग स्कुलको २३ औं अभिभावक भेला तथा पुरस्कार वितरण समारोह भव्यताको सुरु भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण हरि बर्तौलाको सभाध्याक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात भएको हो ।

कार्यक्रम शुक्रबार र शनिबार दुई दिन संचालन हुने कार्यक्रमको पहिलो चरण अर्थात नर्सरी देखि कक्षा ४ सम्मको कार्यक्र शुक्रबार सम्पन्न भएको हो भने शनिबार ५ देखि १० सम्मको कार्यक्रम हुने विद्यालयका प्राध्यापक राजकुमार नहर्कीले बताए । शुक्रबार नर्सरीदेखि ४ कक्षासम्मका विद्यार्थीहरुले गायन, नृत्य तथा वार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै कक्षा ८,९ का विद्यार्थीहरुले फूड फेस्टिबेल गर्दै विभिन्न परिकारहरुको स्टल समेत राखेका थिए । हाल सनसाईनका विद्यार्थीहरु स्कुलबाट एसईई उत्तिर्ण गरी विभिन्न शैक्षिक क्षेत्रका विषयमा छात्रवृत्ति पाउन सफल हुनुका साथै विद्यार्थीहरु विभिन्न रोजगारीमा आवद्ध भएको उनले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष ढलक बहादुर थापाले स्कुलका जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिदिन विद्यालय व्यवस्थापन समितिलाई आनुररोध गरे। कार्यक्रममा स्कुलका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हाल स्कुलमा ८ सय जना विद्यार्थी अध्यनरत रहेका छन् ।

प्रतिक्रिया