नबिल बैंकसहित ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाही

पालिका डायरी
२५ माघ २०७९, १३:४०
२७ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले दाेश्राे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएकोलाई कारबाही गरेको जानकारी दिएकाे छ ।

राष्ट्र बैंककाे कारबाहीमा पर्ने वाणिज्य बैंकहरूमा प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, तत्कालिन बैंक अफ काठमाडाैँ लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड र नबिल बैंक लिमिटेड रहेका छन् ।

राष्ट्र बैंकले माछापुच्छ्रे बैंक र प्रभु बैंकलाई दुई वटा शिर्षकमा कारबाही गरेको छ ।

प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, तत्कालिन बैंक अफ काठमाडाैँ लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले यी ४ वटा बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले जरिवानाबाहेक अन्य कारबाही स्वरूप प्रभु बैंक लिमिटेडलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेकोमा सचेत गराएको छ । तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकलाई कर्जा लगानी गरेपछी प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएकाे छ । माछापुच्छ्रे बैंकले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भनी अर्काे शिर्षकमा पनि कारबाही गरिएकाे छ ।

यसका साथै, राष्ट्र बैंकले नबिल बैंक लिमिटेडले पनि ‘सम्पति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बनधी व्यवस्था’ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाेमा सचेत गराएकाे छ । सानिमा बैंक लिमिटेडले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएपछि राष्ट्र बैंकले बैंकलाई पनि सचेत गराएको छ ।

प्रतिक्रिया