हेटौंडामा सवारी दुर्घटना: चालक गम्भीर,प्रहरी निरीक्षक माथी ढुङ्गा प्रहार

पालिका डायरी
२४ माघ २०७९
accident

हेटौंडा /  त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौडा-९ पशुपतिनगरमा सवारी दुर्घटना हुदा एकजना गम्भीर घाइते भएका छन्। भने खटिएका प्रहरी निरीक्षक माथी ढुङ्गा प्रहार भएको छ।

सोमबार राति रातोमाटे बाट हेटौंडा बजार  तर्फ आउदै गरेको ना १ क ७३७७ नम्बरको डब्बावाला ट्रकमा सोही दिसाबाट आउदै गरेको मधेश प्रदेश ०३-०२७ प ६२७० नम्बरको स्कुटर ट्रकको पछाडि ठक्कर खाई दुर्घटना हुदा स्कुटर अन्दाजी ३५ बर्षीय गोकर्ण गिरी  गम्भिर घाईते भएको जनाइएको छ।

गिरीले मादक पदार्थ सेवन गरेकाे र गम्भीर घाइते भएकाले हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर  पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्।

दुर्घटना लगत्तै  आक्रोसित स्थानीयले ट्रकलाई ढुङ्गा हान्दा रोक्ने क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बानियाँको बायाँ आखाँमा चोट लागेको जनाइएको छ। स्थानीयको ढुङ्गा प्रहारबाट ट्रकको सिसा फुटेको र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया
accident