हेटौंडा आइडलको उपाधि दिपेश श्रेष्ठलाई

पालिका डायरी
२३ माघ २०७९

हेटौंडा / हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगेका पाँच जना प्रतिस्पर्धी लाई उछिन्दै दीपेश श्रेष्ठले उपाधि हात पारेका छन् ।

आइतबार भएको ग्राण्ड फाइनलका आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको उपाधि प्राप्त गरेका हुन् ।
आइडलको फष्ट रनरफ सुसन शाही ठकुरी भएका छन् भने सेकेन्ड रनरफ प्रेमलाल बैठा भएका छन् । उनीहरुले निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा विजेता बनेका हुन् ।

प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठ पाँचौ स्थान हासिल गरेका छन् । आइडल बनेका दीपेश श्रेष्ठले नगद तीस हजार, ट्रफी सहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन्, । त्यस्तै, सुसन शाही ठकुरीले वीस हजार नगद, टफी सहित विभिन्न आकर्षण पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रेमलाल बैठाले नगद दश हजार सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

हेटौंडा आइडलको प्रायोजकमा हेटौंडामा रहेको लक्की ज्वेलर्स रहेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् । आइडल बनेका श्रेष्ठलाई बोन ट्राभल्स एण्ड टुर्सको तर्फबाट माउन्टेन फ्लाइटको सुविधा स्वरुप पुरस्कार दिइएको छ । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।

 

प्रतिक्रिया