सुपरमाई हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पालिका डायरी
२३ माघ २०७९, ११:२१
आईपीओ बिक्री खुला

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन तथा बिक्री गरेपश्चात् कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको हो।

कम्पनीले चार लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने म्याद माघ २६ गतेसम्म रहेको छ। उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म म्याद लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया