बागमती प्रदेश सभा बैठक : कार्यव्यवस्था परामर्श समिति गठन

पालिका डायरी
२२ माघ २०७९
बागमती प्रदेश सभा बैठक : कार्यव्यवस्था परामर्श समिति गठन

आइतबार बसेको बागमती प्रदेश सभा बैठकले कार्यव्यवस्था परामर्श समितिको गठन गरेको छ।

प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १३ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा सांसदहरुलाई मनोनयन गरिएको हो। जसमा ओमकुमारी श्रेष्ठ, आन्दकुमार श्रेष्ठ, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, मधुसुदन पौडेल, भारती पाठक, रत्नप्रसाद ढकाल, राधिका तामाङ, रामकृष्ण चित्रकार, शैलेन्द्रमान ब्रर्जाचार्य, सुरेन्द्रराज गोसाईँ, र हरिप्रभा श्रेष्ठलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको हो।

यस्तै, बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्य न्यायधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए। प्रदेश सभा बैठक अब भोलि (सोमबार) दिउँसो १२ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया