हेटौंडा मेलामा आज निशान भट्टराई र प्रताप दास आउने

पालिका डायरी
२१ माघ २०७९, १४:१२
हेटौंडा मेलामा आज निशान भट्टराई र प्रताप दास आउने

हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज गायक निशान भट्टराई र प्रताप दास आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा गायक भट्टराई र दासको साथै बाल गायक जेनिश उप्रेतीको पनि प्रस्तुती रहने जनाइएको छ ।

यसअघि शुक्रबार कर्मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । व्याण्डले हुक्का मेरो…, कोहौ तिमी…, कहाँ होला घरबार…, मार्यौ ज्यूदैं मार्यौ…, यानीमाया यानीमाया…, कारबाही छाता ओढेर…, मनको घण्टी लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । व्याण्डको प्रस्तुतीमा हेटौंडेली दर्शकहरु गीतसँगै रमाउँदै गाउँदै गरेका थिए ।

त्यस्तै, शुक्रबार महोत्सवमा गायक मानसराज र गायिका ऋतु कंडेलले पनि बिजोड प्रस्तुती दिएका थिए । यस्तै, भोली आइतबार भने शान्तिश्री परियार, सुजील कर्माचार्य लगायतको प्रस्तुती रहने जनाइएको छ ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

मेलामामा शनिबार दुलही श्रृंगार प्रतियोगिता हुने

हेटौंडामा जारी मेलामा आज शनिबार दुलही श्रृंगार प्रतियोगिता हुने भएको छ । मेलामा विभिन्न प्रतियोगिता भइरहेको बेला आज शनिबार भने दुलही श्रृंगार प्रतियोगिता हुने दुलही श्रृंगार व्यवस्थापन समितिका संयोजक रीना गौतमले बताइन् ।

महोत्सवमा विभिन्न ब्यूटिपार्लरका दिदीबहिनीहरुले दुलहीलाई श्रृंगार गरी प्रतियोगितामा सहभागिता जनाएको उनले बताइन् । प्रतियोगितामा १८ जनाले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रथमले १० हजार, द्धितीयले ७ हजार, तृतीयले ५ हजार र तीन जना सान्त्वनाहुनेले १ हजार ५ सय नगद प्राप्त गर्ने संयोजक गौतमले बताइन् ।

प्रतिक्रिया