भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने

पालिका डायरी
२१ माघ २०७९

भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल रसृष्टि तवाडेले लाइभ प्रस्तुति दिनेछन् ।

शुक्रबार होटल मेरियडमा एक कार्यक्रमबीच आयोजक आइ लाइभ नेपालले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो ।

कार्यक्रममा आइ लाइभ नेपालका प्रवक्ता रवीन्द्र कार्कीले ‘नेभरल्याण्ड कन्सर्ट’ संगीतिक प्रेमीका लागि अकल्पनिय होस् र छुट्टै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको बताए ।

‘सांगीतिक प्रर्यटन बढाउने उद्देश्यले पनि कार्यक्रम आयोजना हुन लागेको हो’, कार्कीले भने ‘नेपालमा सांगीतिक पर्यटनको विकास तथा सांगीतिक उद्योग अगाडि बढाउन कोसेढुङ्गा साबित होस् भन्ने अपेक्षा कन्सटको छ ।’ ‘नेभरल्याण्ड कन्सर्ट’ नेपाली समाजमा नयाँ र प्रभावकारी कन्सट हुने अपेक्षा आफूले लिएको कार्कीले सुनाए ।

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्लब प्लाटिनममा प्रस्तुत हुनेछन् । ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ आयोजकका अनुसार कार्यक्रममा भव्य र सव्य हुनेछ । जसको सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन् । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ ।

कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय र्यापर, गीत लेखक तथा गायक हुन् । पछिल्लो समय युवा–पुस्तामाझ निकै लोकप्रिय उनको नयाँ नजरिया, मान मेरी जान निकै हिट छन् । स्टेज नाम डिभाइन भनेर चिनिने भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्यापर हुन् ।

त्यस्तै आस्था गिल भारतीय गायिका हुन् । उनको पानी पानी, कमरिया, अभि तो पार्टी सुरु हुई ह ेलगायतका गीत निकै चर्चित छन् । उनले गीत ‘ये मेरा बम्बे’ चर्चा पाउन थालेका थिए । उनको ‘मेरे गली मे’ गीत पनि निकै चर्चित छ ।

सृष्टि तवाड पनि मे नहीँ तो कौन बेबाट चर्चामा आएकी भारतीय गायिका हुन् । ‘नेभरल्याण्ड कन्सर्ट’का लागि स्टेज तथा म्युजिक सिस्टम आयोजकले भारतबाट मगाएको छ ।

प्रतिक्रिया
nude_InHQwotdLe