बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

पालिका डायरी
२० माघ २०७९, २१:१५

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजनामा हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही आज कार्यक्रम भएको हो ।


हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भरका निजी तथा सरकारी बिद्यालय र क्याम्पसका बद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागितामा कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रमको १० हजार भन्दा बढिले अवलोकन गरेको वडाध्यक्ष नविन सिग्देलले बताए ।
प्रदर्शनीमा बिद्यार्थी आफैले निर्माण गरेका सामाग्री राखिएको थियो । हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले शिक्षामा गुणस्तर सुधारका लागि असल र रचनात्मक प्रयत्न गरिएको बताए ।


रोयल पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी कार्यक्रम गरिएको थियो । वडा नम्बर–४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गरिएकोे कार्यक्रमका संयोजक श्रीराम दाहालले बताए ।

 

प्रतिक्रिया