विश्वका शीर्ष २० अर्बपतीको सूचीबाट पनि बाहिरिए अडानी

पालिका डायरी
२० माघ २०७९
विश्वका शीर्ष २० अर्बपतीको सूचीबाट पनि बाहिरिए अडानी

भारतीय उद्योगपति गौतम अडानी अब शीर्ष २० अर्बपतिको सूचीबाट पनि बाहिरिएको छ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको पछिल्लो प्रतिवेदनअनुसार उनी शीर्ष २० बाट पनि बाहिरिएका हुन् ।

अडानी समूहको सेयरमा आएको सुनामीले गर्दा अडानीनको  साम्राज्यलाई समेत हल्लाएको छ । हरेक गुज्रिरहेको दिनले उसको नेटवर्थमा ठूलो गिरावट ल्याइरहेको छ।

फेसबुक मालिक मार्क जुकरबर्गभन्दा पछि

ब्लूमबर्ग अरबपति सूचकांक अनुसार गौतम अडानीको नेटवर्थमा आएको गिरावटका कारण उनी अब अर्बपतिको सूचीमा २१ औं स्थानमा झरेका छन् ।

उनको पछिल्लो नेटवर्थ ६१.३ बिलियन डलरमा झरेको छ र पछिल्लो २४ घण्टामा उनले १०.७ बिलियन डलर गुमाएका छन् ।

सेयरमा आएको उच्च गिरावटका कारण अब गौतम अडानी अहिले फेसबुकका मार्क जुकरबर्गभन्दा पछाडि परेका छन् ।

जुकरबर्गको कुल सम्पत्ति ६९.८ बिलियन डलर छ । अहिले सूचीमा १३ औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया