महोत्सवमा प्रहरीको सचेतना कार्यक्रम

पालिका डायरी
१९ माघ २०७९

हेटौंडा /  हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले संयुक्त रुपमा सचेतना कार्यक्रम गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा प्रहरीले माक्स वितरण गर्दै सचेतनामुलक सामाग्री प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्काको नेतृत्वमा उक्त कार्यक्रम गरिएको हो ।

महोत्सवमा भीडभाड बढी हुने भएकाले माक्स लगाउने, पाकेटमारदेखी सावधान, नचिनेको मान्छेले दिएको चिज नखाने, आफ्ना बालबालिकालाई साथमा राख्ने, आफुसँग भएका मोवाईल, गरगहना जस्ता अन्य वस्तुहरु सुरक्षित राख्न प्रहरीले सबैलाई जानकारी गराएको थियो ।

सचेतना कार्यक्रममा मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्ट लगायत प्रहरी, संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया