स्वीकृति बिना आफ्नो फोटो प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति

पालिका डायरी
१८ माघ २०७९
स्वीकृति बिना आफ्नो फोटो प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति

क्याप्टेन विजय लामाले दुबईमा आयोजना हुन लागेको नेपाल्स सिनेमा फेस्टमा आफ्नो फोटो प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।

उनले बुधवार फेसबुक पेजमा यसप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘न मलाई यसबारे कुनै जानकारी नै छ न निमन्त्रणा नै छ, न मलाई सहभागिता जनाउन समय नै छ । ’

‘यसरी लिखित स्वीकृति बिना नै मेरो तस्बिर चलाएर राख्नु कत्तिको उचित हुन्छ ?’ उनले आयोजकलाई प्रश्न गरेका छन् ।

उनले यस कार्यक्रमसँग आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै स्पष्ट पनि पारे । यसका साथै, उनले अबदेखि कसैले उनको तस्बिर प्रयोग गर्नु पूर्व सूचना दिन वा स्वीकृति लिएर मात्र अघि बढ्न चेतावनी पनि दिएका छन् ।

चलचित्र विकास बोर्डले फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेस्ट २०२३ ’ विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेको भन्दै यसबारे विरोध पनि भइरहेको छ ।

प्रतिक्रिया
bijay-lama1_WoCdbaguNg